अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८
| Colorodo: 06:03
दशैं, तिहार र छठ बिदाका दिनमा राष्ट्रिय मानव अधिकार आयोग खुल्ला हुने भएको छ ।आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू पर्व बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने छ ।
आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलका अनुसार आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि उक्त बिदामा आयोग खुल्ला रहनेछ ।
यस अवधिमा आयोगले मावन अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ ।