अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

रूपन्देहीकाे मोतीपुरमा कर्फ्यु आज पनि जारी

बिआरटीनेपाल २०७८ असोज २५ गते २२:३६ मा प्रकाशित

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी छ ।थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो ।आईतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको हो । घाइते १ जनाको अवस्था गम्भीर छ ।

मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन । झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । घाइते प्रहरीमध्ये ६ जनाको काठमाडौंमा उपचार भईरहेको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू