अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

दुतावासका कर्मचारीसँग अमेरिकी राजदूत र्‍याण्डी बेरीको दसैं

बिआरटीनेपाल २०७८ असोज २५ गते २२:३३ मा प्रकाशित

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासका कर्मचारीसँग दशैं मनाउनु भएको छ । बेरीले कर्मचारी तथा उनीहरुको परिवारसँग दसैका शुभकामना आदानप्रदान गरेर साथै चंगा उढाएर दसैं मनाउनु भएको हो । बेरी सामाजिक सञ्जाल टुइटरमार्फत दूतावासका कर्मचारी तथा उनीहरुका परिवारसँग दसैं मनाएको जानकारी दिनु भएको हो ।

दुईटरमा उहाँ लेख्नुहुन्छ ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सवैमा दसैंको धेरै शुभकामना।’ त्यस्तै, राजदूत बेरीले सबै नेपालीलाई दशैंको शुभकामनासमेत दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू