अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा परि पाँच जना भारतीय सैनिकको ज्यान गयो

बिआरटीनेपाल २०७८ असोज २५ गते २२:१५ मा प्रकाशित

जम्मु–कश्मीरमा विद्रोही  समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् ।

पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले आफ्नो राज्यका ज्यान गुमाएका दुई जनाका  परिवारलाई ५० लाख रुपैयाँ र  दुवै परिवारका एक/ एक  जनालाई सरकारी जागिर दिने घोषणा गर्नुभएको छ ।  गएको हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले  पुन्छमा कारबाही अभियानलाई तीव्र पारेको थियो । मुठभेड पछि पनि अप्रेसन चलिरहेको भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू