अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

३० लाख कार्यकर्ता बनाउने माओवादी केन्द्रको लक्ष्य

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले ३० लाख माओवादी कार्यकर्ता बनाउने भएको छ । संगठन सुदृढीकरणमार्फत पार्टीमा ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थक कार्यकर्तालाई संगठित गर्न लागेको हो । पार्टीमा माओवादी सदस्य र समर्थकलाई संगठितसँगै माओवादीले आगामी राष्ट्रिय सम्मेलनलाई पनि विशेष प्राथमिकतामा राखेको छ । आगामी पुस १३ देखि १५ गतेका लागि तय भएको छ । साथै, राष्ट्रिय सम्मेलनका लागि पार्टी सदस्यता वितरण, नवीकरण र वडा तथा पालिका सम्मेलनको मिति परिमार्जन पनि गरिएको छ ।

यसका लागि पार्टीमा ज–जस्ले जिम्मेवारी पाएका छैनन् उनीहरूलाई जिम्मेवारी दिएर संगठनलाई मजबुत बनाउने प्रचण्डको तयारी रहेको छ । यसअघि असोज ६ यता बसेको माओवादीको स्थायी कमिटी बैठकले पार्टीलाई सशक्त बनाउन केही नेताहरुको जिम्मेवारी हेरफेर पनि गरेको छ ।

प्रदेश सम्मेलनलाई यथावत राख्दै पार्टीले सदस्यता वितरण र नवीकरण असोज मसान्तसम्म गरिसक्नुपर्ने लक्ष्य लिएको छ । माओवादी केन्द्रले कात्तिक ६ मा टोल सम्मेलन र कात्तिक १३ गतेभित्र वडा सम्मेलन गरिसक्नुपर्ने लक्ष्य लिएको छ भने पालिका सम्मेलन मंसिर ४ गतेभित्र सकिसक्ने माओवादीको लक्ष्य रहेको छ। माओवादी केन्द्रमा अब एक व्यक्ति एक पदको अवधारणा लागू गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू