अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

सन्दीप लामिछानेलाई आईसीसी प्लेयर अफ द मन्थ अवार्ड

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५६ मा प्रकाशित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी प्लेयर अफ द मन्थ अवार्ड जित्नुभएको छ । लामिछानेले पुरुषतर्फ सेप्टेम्बर महिनाका लागि प्लेयर अफ द मन्थको अवार्ड जित्नुभएको हो । मतको आधारमा लामिछानेले बङ्गलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रालाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।

सन्दीपले सेप्टेम्बर महिनामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को ६ खेल खेल्दै १८ विकेट लिनुभएको थियो । उहाँले पपुवा न्यूगिनीविरुद्ध ३५ रन खर्चेर ४ विकेट तथा ११ रन खर्चेर ६ विकेट हात पार्नुभएको थियो भने ओमानविरुद्ध १८ रन खर्चेर ४ विकेट लिनुभएको थियो ।

महिलातर्फ भने इंग्ल्यान्डका कप्तान हिथर नाईटले सो अवार्ड हात पार्नुभएको छ । उहाँले आफ्नै देशका चार्ली डिन तथा दक्षिण अफ्रिकाका लिजेली लिलाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू