अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

क्रियटिभ नेपाल यूथ अर्गनाइजेसन सन फ़्रान्सिस्को क्यालिफोर्नियामा नयाँ नेतृत्वमा पुण्य कार्की बने अध्यक्ष

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५३ मा प्रकाशित

क्रियटिभ नेपाल यूथ अर्गनाइजेशनको चौथो साधारण सभाले नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ । गत शनिवार सन फ़्रान्सिस्कोमा सम्पन्न संस्थाको अधिवेशनले समाजसेवी पुण्य कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको स्थापना काल देखी कार्की यस अघि संस्थाको सचिव, महासचिव र उपाध्यक्ष लगायतका पदमा रहेर काम गरिसकेका व्यक्ति हुन ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुष्कर रेग्मी, उपाध्यक्षमा प्रतिमा दुलाल, महासचिवमा गणेश शर्मा, सह सचिवमा दीपेश पाण्डे, कोषाध्यक्षमा विनय दाहाल तथा सह कोषाध्यक्ष तानिया आचार्य निर्वाचित भएका छन् । साथै सञ्चालक समिति सदस्यहरूमा ध्रुव बस्याल, सन्देश सिवाकोटी, सबिन प्रधान, रवि श्रेष्ठ, वसन्त दाहाल, दिलीप ढकाल मनि पौडेल तथा राहुल साह चयन भएका छन् । त्यसै गरी संस्थाको सल्लाहकारहरुमा ईश्वर सिटौला र नुरेन बराल रहेका छन् । निर्वाचन समितिका संयोजक धर्मेन्द्र पराजुलीले सर्वसम्मत कार्यसमितिको घोषणा गरेका थिए ।

अधिवेशन कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष शशि प्रसाई र प्रमुख अतिथिमा नेपाली एशोसियसन अफ नर्थन क्यालिफोर्नियाका सभापति ईश्वर सिटौला, मनीष पौडेल, उत्तम कार्की, नुरेन बराल, तेज लिम्बू, प्रेतेश कार्की तथा सुवास थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया