अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५२ मा प्रकाशित

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्यानडाका डेभिड कार्ड, अमेरिकी नागरिक जोशुआ एङ्ग्रिस्ट र नेदरल्यान्ड मूलका अमेरिकी नागरिक गिडो इम्बेन्सलाई दिइने भएको छ । इकोनमिक साइन्सेसका लागि दिइने यस पुरस्कारलाई स्वेरिग्स रिक्सबैंक प्राइज पनि भनिन्छ ।

आर्थिक नीति र अन्य घटनाहरू कसरी जोडिन्छ भनेर सम्झाउनका लागि ’प्राकृतिक प्रयोग’ को उपयोग गरेकाले यी तीन अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको हो । श्रम अर्थशास्त्रमा योगदानका लागि डेभिड कार्डलाई सम्मान मिलेको हो, जोशुआ एङ्ग्रिस्ट र गुइडो इम्बेन्सलाई प्राकृतिक प्रयोगबाट कारण र प्रभावको बारेमा सटिक निष्कर्ष निकालेका कारण पुरस्कृत गरिएको हो ।

१० मिलियन स्विडिश क्रोन्स राशिको पुरस्कारको एक हिस्सा डेभिड कार्डलाई दिइने छ भने दोस्रो हिस्सा जोशुआ एङ्ग्रिस्ट र गिडो इम्बेन्समा बाँडिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू