अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

पाँच दलको गठबन्धनमा छैटौं थपिएको पुष्टि भयो– सुवासचन्द्र नेम्वाङ

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५० मा प्रकाशित

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैटौं थपिएको प्रमाणित भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसमा बोल्दै नेम्वाङले पाँच दलको गठबन्धन भन्ने गरिए पनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरातर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गर्नुभयो । उहाँले विषय जटिल भएकाले नागरिक समाज र राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू