अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजारमा झर्यो

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:४४ मा प्रकाशित

नेपालमा थप ७ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ हजार १ सय ९५ कोरोना परीक्षण गर्दा ७ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ४३ पुगेकोे छ । त्यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित भएकामध्ये ८ सय ८८ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ७६ हजार ८ सय ३१ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ७ सय ८७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू