अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

पचली भैरवको घ्याम्पो जात्रा शुरु

बिआरटीनेपाल २०७८ असोज २४ गते २१:४६ मा प्रकाशित

पचली भैरवको घ्याम्पो जात्रा शुरु भएको छ । काठमाडौंको टेकुस्थित ७ वटा घाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी जात्रा शुरु भएको हो ।दशैंको चौथो र पाचौं दिन मनाइने यो जात्रामा भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ ।

सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका लागि लगिन्छ । मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गरिन्छ । वर्ष भरि सर्वसाधरणको दर्शनका लागि भैरवको घ्याम्पो त्यहीँ राख्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू