अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

चीन र ताइवानको विवाद उत्कर्षमा, ताइवानले सवांदको ढोका बन्द गरेको चीनको टिप्पणी

बिआरटीनेपाल २०७८ असोज २४ गते २१:४५ मा प्रकाशित

ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर चीन र ताइवानको विवाद उत्कर्षमा पुगेको छ ।ताइवानी राष्ट्रपति साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ ।

ताइवानको राष्ट्रिय दिवसको अवसरमा त्यहाँकी राष्ट्रपतिको भाषणलाई उत्तेजक भन्दै चिनिया राष्ट्रपति सि जिनपिङले ताइवानले भिडन्त चाहेको बताउनुभयो ।

ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि बेइजिङ क्रुद्ध बनेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिसाएर ‘पुनः एकीकरण गर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै ताइवानी राष्ट्रपतिले कडा जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू