अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

रुपन्देहीको मोतिपुरमा आज पनि कफ्र्यू, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन

बिआरटीनेपाल २०७८ असोज २४ गते २१:४० मा प्रकाशित

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो ।हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य ४ जनाको मृत्यु भएको हो ।

घाइते १ जनाको अवस्था गम्भीर छ । मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाईते भएका छन् । पेट्रोल वम प्रहर बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक प्रहरी उपरीक्षक घाईते भएका छन् ।

घाईते प्रहरीहरु मध्ये ६ जनालाई उपचारका लागि काठमाडौ ल्याईएको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू