अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

स्याङ्जामा जिप दूर्घटना, २ जनाको मृत्यु, १७ घाइते, ३ जनाको अवस्था गम्भीर

बिआरटीनेपाल २०७८ असोज २४ गते २१:३१ मा प्रकाशित

स्याङ्जाको वालिङ नगरपालिका मर्दीखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ दुर्घटनामा भएको हो ।दूर्घटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ३२ वर्षीय गंगा पल्ली र ७७ वर्षीय दल बहादुर पल्ली रहेका छन् ।

त्यस्तै गल्याङ नगरपालिका का ५५ वर्षीय लिला कुमारी पल्ली, ४ वर्षीय करिष्मा थापा र २ बर्षे अर्चल विक गम्भीर घाईते भएका छन् ।जीप सडकदेखि करिव ५० मिटर तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू