अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

अछाममा जन्ती बोकेको जिप दूर्घटना हुँदा ४ को मृत्यु, १४ घाइते

बिआरटीनेपाल २०७८ असोज २४ गते २१:२७ मा प्रकाशित

अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा गएराती बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् ।

जन्ती गएर फर्किएको जिप विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।

कच्ची सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर जीप करिब दुई सय मिटर तल खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू