अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल १–० ले पराजित

बिआरटीनेपाल २०७८ असोज २४ गते २१:२६ मा प्रकाशित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हार बेहोरेको छ ।गएराति मालेमा भएको खेलमा नेपाललाई परिचित प्रतिद्धन्दी भारतले १–० ले हराएको हो ।भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो भने भारतले लगातार दुई खेलमा बराबरी गरेको थियो ।

नेपाल पराजित भएपछि पाँच राष्ट्र सहभागी साफमा फाइनल पुग्ने समिकरण रोमाञ्चक बनेको छ । अब अन्तिम दिनका खेलहरुपछि मात्रै फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ । नेपाल र माल्दिभ्सको समान ६ अंक भएको छ । भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । ४ वटै खेल खेलिसकेको श्रीलंका भने १ अंक जोडेर बाहिरिसकेको छ ।

अब बुधबार नेपालले बंगलादेशसँग र भारतले माल्दिभ्ससँग खेल्नेछ । नेपाललाई फाइनल पुग्न कम्तीमा पनि बंगलादेशविरुद्ध बराबरी खेल्नुपर्नेछ ।

प्रतिक्रिया