अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

रुपन्देहीमा प्रहरी र सुकुम्बासी समुहबीच झडप, मोतीपुरमा कर्फ्यु लगाइयो

बिआरटीनेपाल २०७८ असोज २४ गते ७:१६ मा प्रकाशित

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु लगाएको छ । आज आइतवार दिउँसो औद्योगिक क्षेत्रमा घर–टहरा बनाइ बस्नेहरू र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो । झडपमा ६ जना घाइते भएपछि प्रशासनले आज दिउँसो ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले आदेश जारी गर्दै पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ मा रहेको औद्योगिक करिडोरसम्म कर्फ्यु लगाएको हो ।

केही दिनदेखि बुटवल उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्न खोज्नेहरूको कारण शान्ति भङ्ग हुने देखिएकोले कर्फ्यु लगाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू