अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

अध्यागमन विभाग दशै विदामा दुई दिन बन्द हुने

बिआरटीनेपाल २०७८ असोज २४ गते ७:१० मा प्रकाशित

अध्यागमन विभाग दशै विदामा दुई दिन बन्द हुने भएको छ । विभागले सूचना जारी गर्दै असोज २९ गते र ३० गते बन्द हुने जानकारी दिएको छ । २६ गते फुलपाती देखि २८ गते नवमी सम्म बिहान ११ बजेबाट दिउँसो २ बजे सम्म विभाग खुल्ला रहनेछ ।

सार्वजनिक विदाका दिनमा समेत विभागबाट जारी हुने पदयात्रा अनुमति पत्र तथा अन्य जरुरी प्रशासनिक कार्यहरू गरिने निर्देशक झंकनाथ ढकालले जानकारी दिनुभयो । पर्यटकीय सिजन सुरु भएको र विभागबाट अनुमति लिएर मात्र विदेशी पर्यटक पदयात्रामा जाने भएकाले विभागले सेवा सञ्चालन गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू