अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

सार्वजनिक निर्माणको काम दुई सिफ्टमा सञ्चालन गर्ने गरी शर्त तोक्ने सरकारको तयारी

बिआरटीनेपाल २०७८ असोज २४ गते ७:०९ मा प्रकाशित

सरकारले सार्वजनिक निर्माणको काम दुई सिफ्टमा सञ्चालन गर्ने गरी शर्त तोक्ने तयारी गरेको छ । बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयले दुई सिफ्टमा काम गर्ने तयारी गरेको अर्थमन्त्री जनार्दन शमाले बताउनुभएको छ । सरकारले बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज राष्ट्रिय योजना आयोगसँग छलफल गरेको हो ।

बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेटाउन पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रम तत्काल सञ्चालन गर्ने गरी काम अघि बढाउन जोड दिइएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले छलफलमा सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी गराउनुभएको हो । निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरु अलपत्र परेको भन्दै उहाँले अब यसमा पनि कानून सच्याउने तयारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले निर्माण व्यवसायीहरुको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्नेमा जोड दिनुभएको छ । सीमित निर्माण व्यवसायीहरुको हातमा मात्र ७० प्रतिशत आयोजनाहरु सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू