अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

चितवन बन्यो ईपीएल क्रिकेटको च्याम्पियन

बिआरटीनेपाल २०७८ असोज २३ गते ७:५७ मा प्रकाशित

चितवन टाइगर्स प्रिमियर लिग ईपीएल क्रिकेटको च्याम्पियन बनेको छ । आज भएको खेलमा भीम सार्कीको अर्धशतकमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १ सय १२ रनको लक्ष्य पूरा ग¥यो । चितवनका लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेले । यस्तै, दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन जोडे ।

पोखराका लागि ओपनरद्वय रिचार्ड लेभी र विपिन रावलले २१ बलमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । चौथो संस्करणको च्याम्पियन बनेको चितवनले ५० लाखसहित ट्रफी हात पारेको छ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा प्रतियोगिताको विजेताले पाएको यो अहिले सम्मकै ठूलो राशी हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू