अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने चिनियाँ राष्ट्रपति सीको प्रतिज्ञा

बिआरटीनेपाल २०७८ असोज २३ गते ७:५६ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने प्रतिज्ञा गर्नुभएको छ । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो ।राजतन्त्र अन्त्य भएको १ सय १० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनःएकीकरणको मार्ग पछ्याउने बताउनुभयो ।

चीनको पुनःएकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको भन्दै उहाँले आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरूको दुःखद अन्त्य हुने चेतावनी दिनुभयो ।हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनः एकीकरण गर्न चाहेको उहाँले बताउनुभयो । अहिले हङकङलाई चीनले आफ्नो दावी गर्दै आएको छ भने हङकङ स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ ।

राष्ट्रपति सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र बाह्य हस्तक्षेप अस्वीकार्य हुने पनि प्रस्ट पार्नुभयो । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो । राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरूको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न नहुने बताउँदै राष्ट्रपति सीले कुनै पनि हालतमा चीनको पुनः एकीकरण गरिने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू