अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

खसी बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकियो

बिआरटीनेपाल २०७८ असोज २३ गते ७:५२ मा प्रकाशित

दशैं, तिहार जस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खसी र बोकाको मूल्य तोकेको छ । तोकिएको मूल्य अनुसार खसि बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ रहेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गर्नुभयो । उहाँले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कम्पनीले हाल २ हजार खसीबोका बिक्रीका लागि ल्याएको छ ।

प्रतिक्रिया