अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सिमित रहने प्रक्षेपण

बिआरटीनेपाल २०७८ असोज २१ गते ८:०७ मा प्रकाशित

नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने विश्व बैँकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि विश्व बैँकले भने ३ दशमलव ९ भन्दामाथि नजाने निष्कर्ष निकालेको हो । विश्व बैँकका अनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन ढिलाइ, कोभिडको नयाँ भेरिएन्ट र बढ्दो सार्वजनिक ऋणका कारण नेपालको आर्थतन्त्र प्रभावित हुने बताएको छ ।

यो वर्ष नेपालमा कृषि क्षेत्रको योगदान भने बढ्ने अनुमान गरिएको छ । मनसुनी वर्षा र रासयनिक मलको पर्याप्त आपूर्ति भएकाले पनि यो वर्ष २ दशमलव ७ प्रतिशतले कृषि क्षेत्रको योगदान रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको योगदान २ दशमलव २ प्रतिशतमा सीमित थियो । विश्व बैँकले नेपालको महङ्गी अझै बढ्ने प्रक्षेपण गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू