अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

भुटानी नेपाली गायक भक्त घलेको ‘काफल टिप्न जाऊँ’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७८ असोज २० गते ६:२७ मा प्रकाशित

काठमाडौँ – अर्गानिक ठेट शब्दहरू समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘काफल टिप्न जाऊँ’ सार्वजनिक भएको छ।

यस गीतमा भुटानी नेपाली गायक भक्त घलेको स्वर, शब्द र सङ्गीत समावेश छ। गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ। म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नगमा श्रेष्ठ बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दाहाल छायाङ्कन गरेका हुन्। शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिकारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू