अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

पदम विश्वकर्माको गीत सार्वजनिक

बिआरटीनेपाल २०७८ असोज १८ गते ९:५८ मा प्रकाशित

साहित्यकार पदम विश्वकर्माको सल्लेरीको फेदैमा नामक गीत यही सेप्टेम्बर ३० का दिन सार्वजनिक भएको छ । विश्वकर्माको शब्द, सिडी विजय अधिकारीको आवाज, राजेश थापाको सङ्गीतमा युवा कलाकार कमल सिंह र झरना रिसालको अभिनय रहेको छ ।

यस अघि उनको सोच तिम्रो नामक गजलमा चर्चित गायक राज सिग्देल र दसैँ मान्न घर आऊ है नामक गजलमा कृष्णभक्त राईको आवाज रहेको छ । विश्वकर्माका शब्द सुमन कविता सङ्ग्रह र तमसुक कथा सङ्ग्रह प्रकाशित छन् । सल्लेरीको फेदैमा गीत वर्तमान समयको मागलाई मध्यनजर राख्दै तयार गरिएको गीत हो । सल्लेरीको फेदैमा गीत विश्वकर्माको जन्म दिनका अवसरमा सार्वजनिक गरिएको हो । अनेसासको पूर्व अध्यक्ष समेत रहेका विश्वकर्मा हाल अनेसास बोर्ड अफ ट्रस्टीका उप-सभापति हुन् ।

गीत सुन्न र हेर्न यहाँ क्लिक गर्न सकिने छ ।

प्रतिक्रिया