अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

नेपाली घरको निर्वाचन सम्पन्न गर्न तिन सदस्सीय निर्वाचन समिति गठन

बिआरटीनेपाल २०७८ असोज १६ गते २०:३५ मा प्रकाशित

कोलोराडो, अमेरिकाको । कोलोराडोमा कृयाशिल नेपालीहरूको साझा संस्था नेपाली घरको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको छ । संस्थाका अध्यक्ष लछुमन रानाको अध्यक्षतामा शनिवार सम्पन्न कार्यसमितिको बैठकले सर्वसम्मत तरिकाबाट तीन सदस्यहरूको नाम सिफारिस गरेको हो ।

सल्लाहकार समितिका सदस्य तथा आर्थिक समितिका संयोजक डा. सङ्गीता श्रोत्रियाको संयोजकत्वमा गठित समितिका अन्य सदस्यहरूमा भूषणलाल श्रेष्ठ र कपिलदेव सुवेदी रहेका छन् ।

वर्तमान कार्यसमितिको कार्यकाल गत जुनमा सकिएता पनि अहिले तीव्रताका साथमा चलिरहेको नेपाली सांस्कृतिक केन्द्रको लागि प्रपर्टी किन्ने प्रक्रियामा सहज होस् भन्ने हिसाबले संस्थाको विधान अनुसार पहिलो पटक ६ महिना कार्यकाल थपिएको थियो । थपिएको अवधि आगामी डिसेम्बरमा सकिने भएकोले डिसेम्बर भित्र निर्वाचन प्रक्रिया सम्पन्न गरी नयाँ कार्यसमितिका पदाधिकारीहरूको नाम घोषणा गरिसक्न निर्वाचन समितिलाई अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष रानाले बताएका छन् ।

नेपाली घरमा हाल ८२ आजीवन सदस्य, ६२ परिवार सदस्य र ४० साधारण सदस्य रहेका छन् । यस संस्थाको सदस्य बन्न सधैँ सबैलाई ढोका खुल्ला रहेको बताउँदै संस्थाको विधान अनुसार निर्वाचन समिति गठन भइसकेको अवस्थामा अव बनेका सदस्यहरूले भने यस निर्वाचन प्रक्रियामा आफ्नो मताधिकार प्रयोग गर्न नपाउने कुरा संस्थाका उपाध्यक्ष जगदीश ढकालले बताएका छन् ।

प्रतिक्रिया