अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 20:32

अभिनेता सरोज खनालको निर्देशनमा आयो सरलाको ‘विरोध छैन’

बिआरटीनेपाल २०७८ असोज १६ गते २०:१६ मा प्रकाशित

काठमाडौँ- अभिनेता सरोज खनालको निर्देशनमा गीति भिडियो ‘विरोध छैन’ सार्वजनिक भएको छ । सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडापश्चात् परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

सार्वजनिक भिडियोमा नेपाली समाजको यथार्थता देख्न सकिन्छ । पारिवारिक खुसीको लागि बाध्यतावश विदेशमा गर्नु परेको सङ्घर्ष अनि त्यसबिचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ । रचना रिमालको स्वरमा सार्वजनिक गीतमा सङ्गीत कृति न्यौपानेको छ ।

गीतको भिडियोमा मोडल द्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ । कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रूपमा फ्रेमिङ गरेका छन् । साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायाङ्कन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन्

Video LINK

प्रतिक्रिया