अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

डा. केसी संयुक्त राष्ट्र सङ्घको मुख्यालय अगाडी आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा दुई दिन सहभागी

विजय थापा २०७८ असोज ११ गते ८:२७ मा प्रकाशित

डिसी । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र सङ्घको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् ।

गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा डा केसीले क्रियाशील रूपमा सहभागिता जनाएका छन् । त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरू प्रदर्शन समेत गरेका छन् ।

विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको छ । डा केसी अझ अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसै सिलसिलामा डा प्रा केसीले पेनसेलभेनियामा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । डा केसी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमको लागी क्यालिफोर्निया तथा टेक्सस जानेछन् ।

डा. केसी जो आफ्नो जीवनको समेत प्रवाह नगरी दिन दुखीहरूको आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि निरन्तर लडी रहेका छन् । उनले थालनी गरेको पवित्र कर्मको लागि अमेरिकाका नेपाली समुदायले साथ दिएका छन् ।

गत सेप्टेम्बर १७ का दिन डा केसी सोलिड्यारिटी_फर_डा_केसी_एलाइन्सका अमेरिकाका लागि संयोजकको भूमिका निर्वाह गर्ने लेखक तथा सामाजिक अभियन्ता शिव प्रकाश अमेरिका आएका हुन् ।

डा प्रा केसीले हाल सम्म १९ औँ पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु भएको छ । प्रा डा केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्धाहरु नेपालमा मात्र हैन विश्वव्यापी मञ्चमा उठाउनु दायित्व ठानी त्यसलाई मूर्तरूप दिन अमेरिकाका आएका हुन् ।

२१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस रहेको थियो र संयुक्त राष्ट्र सङ्घको महासभा भएकोले उक्त अवसरमा विश्वको ध्यान पुगोस् भन्दै शान्ति प्रदर्शनमा सहभागिता जनाएका हुन् ।

सम्पन्न भएको शान्तिपूर्ण प्रदर्शनीको मुख्य उद्देश्य विश्वमा फैलिएको हिंसा र युद्धको अन्त्य ,शान्ति ,सद्भाव र समानता ,जलवायु विनाशको रोकथाम र सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने रहेको डा केसीको रहेको थियो ।

प्रतिक्रिया