अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

स्वीजरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता प्रदान

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:२० मा प्रकाशित

स्वीजरल्याण्डमा समलैंगिक जोडीलाई विवाहको मान्यता दिइएको छ । समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका छन् ।

योसँगै स्वीट्जरल्याण्डले पश्चिमी युरोपका अन्य देश समान समलैंगिक जोडीलाई यो अधिकार दिने भएको छ । यसअघि सन् २००७ मा स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइएको थियो भने अब विवाहको अनुमति पनि दिइने भएको छ । उनीहरुले धर्मपुत्र, धर्मपुत्री राख्न पाउनेछन् भने नागरिकता पनि प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू