अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

चूडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:१९ मा प्रकाशित

तत्कालीन कर फछ्र्योट आयोगका सदस्य एवं आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । कर फछ्र्योट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा र्पुयाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।

आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

जथाभाबी कर छुट दिएर राज्य कोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू