अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

लामो दूरीका सवारीसाधनको भाडादर बढाइयो

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:१७ मा प्रकाशित

सरकारले लामो दूरीका यातायातमा भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले विभिन्न स्थानबाट सञ्चालन हुने लामो दूरीका यातायातमा भाडादर वृद्धि गरेको हो । दसैँ तथा नजिकिँदै गरेका अन्य चाडबाडमा घर फर्कने यात्रुहरूलाई लक्षित गरी सरकारले नयाँ भाडादर कायम गरेको हो । टिकट काट्न जाँदा सरकारले निर्धारण गरेको भाडादर बुझेर टिकट काट्न जान अनुरोध गरिएको छ ।

विभागले सार्वजनिक सवारीसाधनको प्रकारका आधारमा भाडादर कायम गरिएको बताएको छ । गत वर्षको भाडादरभन्दा यो वर्ष भाडादर थप महँगो बनाइएको छ । यात्रुबाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रति भाडादर बढाइएको छ ।

सरकारले तोकेकोभन्दा बढी भाडादर नतिर्न विभागले यात्रुहरूलाई आग्रह गरेको छ । तोकिएकोभन्दा बढी भाडा लिएमा यात्रु सहायता कक्ष तथा प्रहरीलाई खबर गर्न सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू