अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

भूमि सम्बन्धी समस्या समाधान अयोग खारेज गर्ने सरकारको निर्णयको फाइल पेस गर्न आदेश

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:१६ मा प्रकाशित

सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको फाइल पेस गर्न आदेश दिएको छ । तत्कालीन भूमि आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीसहितले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुङ्गानाको इजलासले शेरबहादुर देउवा सरकारले खारेज गर्ने भनि गरेको निर्णय पेस गर्न भनेको हो ।

विघटित आयोगका अध्यक्ष ज्ञवालीसहित पाँच जनाको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । सर्वोच्चले अहिले अन्तरिम आदेश जारी नगरेपछि पछिल्लो पटक देउवा सरकारले गठन गरेको आयोगले अहिले काम गर्ने कानुनी बाटो खुलेको छ । सर्वोच्चले यस सम्बन्धी रिटलाई एकै ठाउँमा राखि सुनुवाइ गर्दै यस्तो अदेश गरेको हो ।

ज्ञवालीले साउन २४ गते आयोग खारेजीको निर्णय गैरकानुनी भएको जिकिर गर्दै रिट दायर गरेका गराउनुभएको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू