अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

कृषि कानूनको विरोधमा भारत बन्द, ठाउँठाउँमा झडप

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:१० मा प्रकाशित

कृषि कानूनको विरोधमा आज भारत बन्द भएको छ । केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरूले आज एकदिन भारत बन्दको आह्वान गरेका थिए । एक वर्ष अगाडि सरकारले ल्याएको कृषि कानुनको विरोधमा भारतका ४० भन्दा बढी संगठनले भारत बन्दको आह्वान गरेका हुन् । बिहान ६ बजेदेखि सुरु भएको बन्द बेलुका ४ बजेसम्म जारी थियो ।

संयुक्त किसान मोर्चाले सबै सामाजिक संगठन र ट्रेड युनियनलाई भारत बन्दमा समर्थन जनाउन अपिल गरेको छ । त्यस्तै भारतका विभिन्न प्रतिपक्षी दलले पनि बन्दको समर्थन गरेका छन् । भारत बन्दको प्रभाव उत्तर भारतको पञ्जाब, हरियाणादेखि लिएर दक्षिण भारतको केरलसम्म देखिएको बीबीसीले जनाएको छ ।

तमिलनाडुमा बन्दका क्रममा प्रहरीको ब्यारिकेड तोडेको आरोपमा केही किसानलाई नियन्त्रणमा लिइएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रहरी र प्रदर्शनमा उत्रिएका किसानबीच केहीबेर झडपसमेत भएको छ । मोदी सरकारले ल्याएका किसानसम्बन्धी विभिन्न तीन वटा कानुनको विरोधमा एक वर्षदेखि किसानहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू