अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

अग्रिम टिकट बुकिङ खुलेको दिन बसपार्क सुनसान, जम्मा १४ सय जनाले टिकट लिए

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:१० मा प्रकाशित

काठमाण्डौबाट दशैँमा घर जानका लागि आज सोमवारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुला गरेको हो । नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालीले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो ।

यसैबीच यो वर्ष अग्रिम टिकट बुकिङको पहिलो दिन पनि नयाँ बसपार्क शान्त देखिएको छ । विगतमा टिकट खुला हुँदा यात्रुको भिडभाड हुने गरे पनि अहिले काउन्टरहरू सुनसान रहेकाले लाइन नबसिकनै टिकट लिन पाइने व्यवसायीहरूले बताएका छन् । आज जम्मा १४ सय जनाले मात्रै टिकट लिएका ल्होत्से बहुउद्देश्यीय प्रालीका मानव संशाधन प्रमुख पंकज मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार धेरै विद्यालयमा पढाइ नभएको, कलेजहरू नखुलेको लगायतका कारण धेरै नागरिक गाउँघरमै रहेकाले भिड कम भएको हो ।

यस्तै कोरोना महामारी, हवाई जहाज चढ्नेहरूको सङ्ख्या बढ्नु, आफ्नै साधनमा गाउँ फर्कने र अनलाइनमार्फत टिकट काट्ने सुविधा भएकाले अग्रिम टिकट लिनेहरू कमी भएको हुन सक्ने मल्लको अनुमान छ ।

यसैबीच अब बसको टिकट अनलाइनबाटै लिन सकिने भएको छ । मोबाइल एप र अनलाइनबाटै विभिन्न संस्थाहरूले बसको टिकट पनि अनलाइनबाटै काट्न सकिने व्यवस्था गरेसँगै यात्रुलाई सहज भएको छ । बस सेवा, बस सेवा नेपाल, वेस्ट नेपाल बस, स्मार्ट यात्रु, बस नेपाल लगायतका वेबसाइट तथा मोबाइल एपमा गएर आफ्नो गन्तव्य छानेर सहजै टिकट लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू