अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ताबारे छलफल भइरहेको छ– प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:०८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश फिर्ताबारे छलफल भइरहेको बताउनुभएको छ । संसद् बैठक सकिएर बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ताबारे सत्तागठबन्धन दलसँग छलफल भइरहेको बताउनुभएको हो ।

अध्यादेश फिर्ताबारे प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा काँग्रेस संसदहरूसँग छलफल गर्नुभएको थियो । संसद् भवनमा आजै प्रचण्ड नेपाल र काँग्रेस सचेतक पुष्पा भुसालबीच अध्यादेश फिर्ता सम्बन्धमा छलफल भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू