अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१५ | Colorodo: 15:30

मन्त्रीपरिषद् बैठक– राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:०६ मा प्रकाशित

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

बैठकले समाज कल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा स्वीकृत गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले परिषदका पदाधिकारीहरुले दिएको सामूहिक राजीनामा स्वीकृत गरेको हो।परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती र सदस्यहरू मणिराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा, ब्रम्हध्वोज गुरुङ र शुसिल ज्ञवालीले शुक्रबार राजीनामा थिएका थिए । अहिलेको सरकारले काम गर्न असहयोग गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।

कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गरेको जानकारी दिनुभयो । त्यस्तै बैठकले तीनवटा विधेयकलाई संसदमा दर्ता गर्न स्वीकृति प्रदान गरेको छ। मन्त्री कार्कीका अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिको पद तथा गोपनियता सम्बन्धी विधेयक, तेजाव नियमन सम्बन्धी विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी ऐन संशोधन सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदले विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू