अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

ओलीले संसद् विघटन ठीक भनेपछि घनश्याम भुसालको प्रतिवाद– संविधानविपरीत थियो

बिआरटीनेपाल २०७८ असोज १० गते ८:०७ मा प्रकाशित

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले संसद विघटन संविधानविपरीत भएकाले त्यसलाई स्थापित गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा उहाँले यस्तो बताउनुभएको हो । ‘संसद विघटन संविधानविपरीत नै थियो, यसलाई त्यहीअनुसार नै स्थापित गरेर जाऔं,’ भुसालले भन्नुभयो ।

यस्तै भुसालले जबज अस्पष्ट भएकाले अझै स्पष्ट पार्नुपर्ने र समाजवादमा जाने भनेको स्पष्ट योजना, लक्ष्य के हो त्यसलाई पनि स्पष्ट पारेर जानुपर्ने धारणा राख्नुभयो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले ‘संसद विघटन हिजो, आज र भोलि पनि ठीक’ भनेर भन्नुभएको थियो ।

यस्तै एमालेको केन्द्रीय कमिटी बैठकले समूहगत छलफलपछि आएका सुझावहरू पारित गरेको छ । एमालेले असोज १५ देखि १७ सम्म प्रथम विधान महाधिवेशन आयोजना गरेको छ । त्यहाँ पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक र विधान संशोधनसम्बन्धी दस्तावेजमा सामूहिक छलफल भएको थियो ।

ती दस्तावेजमा छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यहरूको १० वटा समूह बनाइएको थियो । केन्द्रीय कमिटी बैठक असोज ८ देखि शुरू भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू