अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

एमाले केन्द्रीय कमिटी बैठक – १० बुँदे कार्यान्वयनबारे स्थायी कमिटीले निर्णय गर्ने

बिआरटीनेपाल २०७८ असोज १० गते ७:५० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ । गत शुक्रबारदेखि शुरु भएको बैठक आज (आइतबार) सकिएको हो ।बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक आजै सकिएको हो ।

पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकपछि नेता योगेश भट्टराईले १० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी कमिटी बैठक बोलाएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू