अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

जर्मनीमा संघीय संसदका लागि मतदान

बिआरटीनेपाल २०७८ असोज १० गते ७:४९ मा प्रकाशित

जर्मनीमा आज संघीय संसदका लागि मतदान भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सफा मौसममा जर्मनीका मतदाताहरु मतदानका लागि लामबद्ध भएका थिए । सन् २००५ पछि निरन्तर सत्तामा रहनुभएका चान्सलर एङ्गेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुनुुहुने छ । उहाँ यस पटक प्रतिस्पर्धामा उत्रनु भएको छैन । अब नयाँ नेतृत्वमा को आउँछ भन्ने बिषयलाइ चासोका साथ हेरिएको छ ।

६ करोड मतदाता रहेको चुनावअघिका मत सर्वेक्षणहरुले पनि स्पष्ट तस्बिर देखाउन सकेका छैनन् । नयाँ चान्सलरका लागि तीन जनाको नाम चर्चामा छ । सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिण्डनर र ग्रिन पार्टीका एनालेना बेएरबोक चान्सलर चर्चामा रहेका छन् । तर कसैको पनि स्पष्ट बहुमत आउने नदेखिएको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू