अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

कोरोना सङ्क्रमणका कारण विश्वभर ४७ लाख ५२ हजार मानिसको मृत्यु

बिआरटीनेपाल २०७८ असोज ९ गते ७:०६ मा प्रकाशित

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणका कारण विश्वभर ४७ लाख ५२ हजार मानिसको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण २३ करोड १९ लाख ७९ हजार मानिस सङ्क्रमित भएका छन् । विश्वभरि नै कोरोना भएर पनि २० करोड ८५ लाख ९८५ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् ।

अमेरिकामा पनि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७ लाख नाघेको छ । अमेरिकामा मात्रै ७ लाख ५ हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै भारतमा ४ लाख ४६ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ भने ब्राजिलमा ५ लाख ९३ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको छ ।

रसियामा कोरोनाको कारण २ लाख ३ हजारको मृत्यु भएको छ, यस्तै बेलायतमा १ लाख ३५ हजारको मृत्यु भएको कोरोना सम्बन्धि अपडेट गराइरहेको वल्डमिर्टर्सले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू