अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

बाग्मती र प्रदेश नम्बर १ सरकार छिट्टै फेरिने– नेकपा एस अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ असोज ९ गते ७:०१ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही दिनमा प्रदेश नं १ र बागमती प्रदेश सरकार फेरिने बताउनुभएको छ । आज हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईवटा प्रदेश सरकार परिवर्तन हुने बताउनुभयो ।

अध्यक्ष नेपालले एमालेले व्यक्तिवाद, गुटवाद तथा दलाल पुँजीवादको बाटो अपनाएकाले सत्ताबाट हटाउनुपरेको बताउनुभयो । आफ्नो पार्टी भ्रष्टाचार नियन्त्रण र जनताको सेवामा समर्पित हुनुका साथै जनभावना अनुसार चल्ने उहाँको प्रतिवद्धता छ ।

आफूहरू इमान्दार सिपाहीको रूपमा जनतासम्म जोडिन चाहने र विदेशीको प्रभावमा नपरी स्वतन्त्रतापूर्वक काम गर्ने अभियानमा जुटेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू