अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

नेपालमा कोरोना खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघ्यो, सक्रिय सङ्क्रमित २० हजार भन्दा कम

बिआरटीनेपाल २०७८ असोज ९ गते ७:०१ मा प्रकाशित

नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो । यस्तै अहिलेसम्म ६५ लाख २८ हजार ३ सय ९२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ३ सय ६३ जनाको आईसीयू र १ सय ९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५९ हजार ८ सय ७५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालका कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८ लाख ८१ हजार १ सय ५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय ७९ जनाको नमूना परीक्षण गर्दा ९ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । जुन परीक्षण गरिएकामध्ये ९ प्रतिशत भन्दा केही बढी हो । थप ६ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू