अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

तालिवानविरुद्धको प्रतिबन्धका बाबजुद अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने

बिआरटीनेपाल २०७८ असोज ९ गते ३:४२ मा प्रकाशित

तालिवानविरुद्धको प्रतिबन्धका बाबजुद अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्न अनुमति दिएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो ।

तालिवानीमाथि प्रतिवन्द लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झ्न बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्त सहयोगमा केन्द्रीत रहने बताइएको छ ।

लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानविय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताएको थियो । २० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू