अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

महाधिवेशनको मिति नसर्ने काँग्रेसको स्पष्टोक्ती

बिआरटीनेपाल २०७८ असोज ८ गते ७:३६ मा प्रकाशित

नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । आज बिहान सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते नै हुने प्रष्ट पारेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको जानकारी दिनुभयो । बैठकले भोलि निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने र त्यसलाई सफलता पूर्वक सम्पन्न गराउन आह्वान पनि गरेको छ ।

हिमाली सहित कतिपय जिल्लामा पालिका स्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आए, पार्टी जिल्ला कार्य समितिको भावनाअनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू