अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

विदेशमा चीनकाे सहयाेगमा काेइलामा आधारित परियाेजनाहरू बन्ने छैनन् : सी जिनपिङ

बिआरटीनेपाल २०७८ असोज ६ गते २०:१६ मा प्रकाशित

विश्वव्यापी रूपमा हरित गृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरू नबनाउने बताएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा यस्ताे घोषणा गर्नुभएको हो ।

राष्ट्रपति सी जिनपिङले राष्ट्र सङ्घ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भन्नुभयो, ‘विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्ने छैनन् ।’

चीनले इन्डोनेशिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरूमा सहयोग गर्दै आएको छ । पछिल्लो समय ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो । पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना भइरहेका समय चीनले यो कदम अघि बढाउने बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू