अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

काराबाओ कपमा वेष्ट ह्यामद्धारा म्यान्चेस्टर युनाइटेड पराजित

बिआरटीनेपाल २०७८ असोज ६ गते २०:०८ मा प्रकाशित

काराबाओ कप फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १-० ले विजयी भयो । वेष्ट ह्यामका लान्जीनीले नवौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो ।

काराबाओ कपकै अर्को खेलमा एस्टन भिल्लालाई पेनाल्टी शुट आउटमा पाखा लगाउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ ।निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । यसैगरि वुल्भरह्याम्पटन वान्डरर्सलाई पेनाल्टी शुट आउटमा ३–२ ले हराउँदै टोटनह्याम हट्सपर पनि प्रतियोगिताको चौथो चरणमा पुगेको छ ।

गएरातिको अर्को खेलमा आर्सनलले विम्बल्डनलाई ३–० ले हराउँदा लेष्टर सिटीले मिल्वालमाथि २–० को जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू