अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ४.१ प्रतिशतमै सीमित रहने एडीबीको प्रक्षेपण

बिआरटीनेपाल २०७८ असोज ६ गते १९:५१ मा प्रकाशित

एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर चार दशमलव एक प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ । एसियाली विकास बैंकले गएको अप्रिलमा गरिएको पाँच दशमलव एक प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गरेर चार दशमलव एक प्रतिशतमा झारिएको जनाएको छ । महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर पर्दा यसले धेरै आर्थिक गतिविधिमा असर पार्ने भन्दै बैंकले नेपालले खोप लगाउने गतिलाई बढाएमा केही सकारात्मक परिवर्तन आउन सक्ने जनाएको छ ।

एसियाली विकास बैंकले नेपाल सरकारले ल्याएको बजेट विस्तारवादी भएको र स्वास्थ्य सेवाको हेरचाह, रोजगारी सिर्जना, गरिब तथा कमजोर वर्गमा सामाजिक सुरक्षाको विस्तार र कृषि उत्पादकत्व बढाउनमा केन्द्रित भएको टिप्पणी गरेको छ । यस्तै पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने पाँच दशमल दुई प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो तीन दशमलव ६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो ।

जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारले भने यो आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू