अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

मुलुकमा शासन प्रणाली असफल , जनमत संग्रह गर्नुपर्छ- विप्लव

बिआरटीनेपाल २०७८ असोज ६ गते ७:११ मा प्रकाशित

नेपाल कम्युष्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शासन प्रणाली असफल भएको बताउनुभएको छ ।बुधबार पोखरामा भएको पार्टीनिकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेल उद्घाटन गर्दै महासचिव विप्लवले अहिलेको शासन प्रणाली असफल भएको भन्दै जनमत संग्रहमा जानुको विकल्प नभएको बताउनुभयो ।

महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी) सरकार र नेपाली जनताको हित विपरीत भएको उल्लेख गर्दै कुनै पनि हालतमा स्वीकार गर्न नहुने बताउनुभयो । राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्न महासचिव विप्लवले विद्यार्थीलाई निर्देशन दिनुभयो । देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलन असोज ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू