अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

कांग्रेसको महाधिवेशन तालिका परिवर्तन, दसैंअघि पालिका अधिवेशनमात्रै हुने

बिआरटीनेपाल २०७८ असोज ६ गते ६:५४ मा प्रकाशित

कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएअनुसार दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल गर्ने बैठकमा सहमति भएको छ । यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख थियो ।

९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्वनिर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू