अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

डायलासिस मेशिन तत्काल थप गर्न संसदीय समितिको सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७८ असोज ६ गते ६:२७ मा प्रकाशित

सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेशिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । आज बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले डायलासिस मेशिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिकी सभापति जयपुरी घर्तीले नेपालका नागरिकमा इच्छाशक्तिको कमी भएकाले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामूलक कार्यक्रम राख्नुपर्ने समितिले निर्णय गरेकाे बताउनुभयो । उहाँले छिटो भन्दा छिटो डायलासिस गर्ने, किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिनुभयो ।

किड्नी फेल हुने समस्या नेपालीमा धेरै पाइएकाले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारका लागि विशेष अस्पताल बनाउन पनि सुझाव दिनुभयो । सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू